नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र प्रति कुनै खतरा नभएको जिकिर गरेका छन्।
विराटनगर विमानस्थलमा आज विहान सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अहिले नै परिवर्तन र व्यवस्थाप्रति कुनै खतरा नभएको उल्लेख गरे।
उनले परिवर्तकाविरुद्ध अराजक र उशृंखल गतिविधि भने देखिन थालेको इंगित गर्दै सबै मिलेर त्यसको प्रतिकार गर्नुपर्नेमा जोड दिए। लोकतन्त्र र गणतन्त्रको संस्थागत विकासका लागि सरकार र प्रतिपक्ष भन्दा पनि सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनु पर्नेमा जोड दिएका थिए।
भ्रष्टाचार नियन्त्रणमा सरकार सफल हुदै गएको उल्लेख गर्दै अध्यक्ष दाहालले मुलुकमा चाडै विकास निमार्णले गति लिने र सुशासन कायम हुने बताए।
पार्टी भित्र सरकारको कामको समिक्षा भइरहेको भन्दै उनले सरकारले कामनै नगरेको भन्ने विषयमा प्रचारवाजी मात्र गरिएको र त्यसमा सत्यता नभएको भन्दै सरकारको बचाउ गरे।