समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले दसैँपछि सरकारबाट बाहिरिने बताएका छन्।
बिहीबार राजधानीमा पत्रकारहरुसँगको छलफलमा बोल्दै अध्यक्ष भट्टराइले दशैंपछि अल्टिमेटम दिएर सरकारबाट बाहिरिने जानकारी गराएका हुन्।
‘उपेन्द्र यादब नेतृत्वको फोेरमसँग एकीकरण गर्दा यही सहमति भएको हो’ डा. भट्टराईले भने ‘त्यो सहमति अब पूरा हुँदैछ, हामी धेरै पर्खिदैनौँ। ’
पार्टी एकिकरण र समायोजनको काममा व्यस्त हुनुपरेकोले यी काम सकिनासाथ सरकारलाई अल्टिमेटम दिएर बाहिर निस्कने उनको भनाई थियो।
सविधान संशोधनप्रति सरकार गम्भीर नभएको उनको आरोप थियो। डा. भट्टराईले भने ‘सरकार संविधान संशोधनप्रति गम्भीर नभएको कुरा हामीले थाहा पाइस्केको छौं।’