प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रतिनिधिसभामा गर्ने भनेको संबोधन अन्तिम समयमा आएर एक्कासी स्थगित भएको छ।
प्रतिनिधि सभाको चालु अधिबेशनको अन्तिम दिन प्रधानमन्त्री ओलीले दिउँसो २ः३० बजे संबोधन गर्ने कार्यक्रम रहेको थियो। जसमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताले संबोधन गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री अनुपस्थित हुने भएपछि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संबोधन गर्नेछन्।