नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुणदलको विवादमा ध्यानाकर्षण भएको जनाएको छ।
तरुण दलका अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाही बीचको विवाद उत्कर्षमा पुगेको हो। उनीहरुले एकअर्कालाई कारबाही गरेको दाबी गरेका छन्। दुवैले शनिबार एकअर्कालाई पदबाट बर्खास्त गरेको भन्दै छुट्टाछुट्टै विज्ञप्ति निकालेका थिए।
अध्यक्ष बस्नेतले शाहीलाई महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाएको पत्र पठाएलगत्तै शाहीले पनि महासचिवको हैसियतमा विज्ञप्ति निकालेर अध्यक्ष बस्नेतलाई नै तरुण दलको साधारण सदस्य समेत नरहने गरी एक वर्षका लागि निष्कासन गरिएको उल्लेख गरेका छन्।
महाधिवेशन भएर कार्यकाल सकिन लाग्दा समेत कार्यसमिति विस्तार गर्न नसेको तरुणदलका अध्यक्ष र महामन्त्रीले एक अर्कालाई कारबाही गरेपछि घटनबारे सत्यतथ्य बुझेर विवाद मिलाउने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
पार्टी अहिले दोस्रो चरणको जागरण अभियानमा सक्रिय भएका बेला तरुण दलमा विवाद देखिनु दुखद् भएको बताए।