संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको पछिल्लो कृयाकलाप प्रति युवाहरुले आक्रोश पोखेका छन्। शनिबार नेपालगञ्जबाट काठमाडौं फर्किने क्रममा बुद्ध एयरको विमान मन्त्री भट्टराईकै कारण १ घण्टा होल्ड भएपछि आक्रोशित भएका युवाहरुले मन्त्रीलाई विमानभित्रै गाली गरेका थिए।
युवाहरुले गाली गर्दा शिर निहुर्याएर माफि मागेको भिडियो सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको छ। भिडियोमा संस्कृतिमन्त्री भएर संस्कार नै नभएको भन्दै युवाहरुले गाली गरेका छन्।
भिडियोमा भनिएको छ, ‘हामी तपाईलाई सम्मान गर्छौं। तर एक घण्टा ढिला किन आउनुभयो। संस्कृति मन्त्रीको संस्कार नै छैन।’ पर्यटन मन्त्री भट्टराई शनिबार डल्फिन महोत्सवको उदघाटन गर्न धनगढी हुँदै बाँके पुगेका थिए। कार्यक्रम सकेपछि शनिबार साँझ उनी नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरमा काठमाडौं फर्किएका छन्।
काठमाडाैं फर्किएपछि मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नाे प्रतिकृया सार्वजनिक गरेका छन्।
हेराैं बुद्ध एयरमा के भएकाे थियाे त याे भिडियाेमा।