नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले महासचिब भूपेन्द्र जंग शाहीलाई साधारण सदस्यसमेत नरहने गरी महासचिव पदबाट पदमुक्त गरेको एक घण्टा नबित्दै महासचिब शाहीले बिज्ञप्ति निकालेर अध्यक्ष बस्नेतमाथि जवाफी कारबाही गरेका छन्।
अध्यक्ष बस्नेतले महासचिव शाहीले संगठनको हितविपरीत काम गरेको भन्दै महासचिव पदबाट हटाएको विज्ञप्ति जारी गरेका थिए। ‘महासचिव जस्तो महत्वपूर्ण पदमाद रहेर तपाईँले आफ्नो पदीय मर्यादा, जिम्मेवारी तथा नेपाली काँग्रेस पार्टी र नेपाल तरुण दलको आर्दश एवम् सिन्द्धान्त विपरीत गइ अनुशासनहिन कार्यहरु गर्नुभएको हुँदा नेपाल तरुण दलको विधानको परिच्छेद १०को धारा ४४को व्यवस्था अनुसार नेपाल तरुण दलको महासचिवसहित कुनै पनि सदस्य नरहने गरि हटाइएको व्यवहोर यसै पत्रमाफृत जानकारी गराइन्छ,’ अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।त्यसको केही समयपछि महासचिब शाहीले संगठनको साधारण सदस्यसमेत नरहने गरी अध्यक्षलाई हटाएको जानकारी गराएका हुन्।
अध्यक्ष बस्नेतले भ्रषटारविरुद्धको कार्यक्रम रोकेको, केन्द्रीय समिति विस्तार गर्न नसकेको, बाढीपीडितको नाममा विदेशमा बस्ने नेपालीबाट आएको करोडौं रकम हिनामिना गरेलगायत आरोप लगाउँदै बस्नेतलाई कारवाही गरिएको महासचिवको विज्ञप्तिमा उल्लेख छ।
पाेखरा महाधिबेशनबाट चयन भएकाे तरुण दलकाे कार्यसमितिकाे पदाबधि दुइ महिनामात्र बाँकी छ।