नेपाल तरूण दलले महासचिव भूपेन्द्र जंग शाहीलाइ पदबाट हटाएकाे छ। पार्टी र तरूण दलकाे आदर्श र सिद्दान्त विपरित उनले अनुशासनहिन कार्य गरेकाले हटाइएकाे तरूण दलले जनाएकाे छ ।
दलकाे विधानकाे परिच्छेद १० काे धारा ४४ काे व्यवस्था अनुसार महासचिवसहित कुनै पनि सदस्यमा नरहने गरी हटाइएकाे दलका अध्यक्ष जित जंग बस्नेतले पार्टी सभापतिलाइ बाेधार्थ पठाएकाे पत्रमा उल्लेख छ ।
महासचिव शाहीले अध्यक्षसँगको सल्लाह विना निलम्वनमा परेका तरुण दल सिन्धुपाल्चोकका उपाध्यक्ष सगुन श्रेष्ठको निलम्वन फुकुवा गरेका थिए भने सप्तरीमा आफु निकटका सिताप्रसाद यादवलाई अध्यक्ष मनोनयन गरेका थिए ।