नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा राजतन्त्र फर्किन नसक्ने बताएका छन्। प्रेस युनियन दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘ठूलो संघर्षबाट राजतन्त्र फालिएको हो, अहिले अब त्यही राजतन्त्र फर्किन्छ भन्ने कुरा हल्ला मात्रै हो’ उनले भने ‘यो कल्पना पनि गर्न सकिदैन्।’
एनसेल र वाईडबडि प्रकरणमा आफु संलग्न नरहेको समेत उनले बताए। उनले भने ‘ एनसेलको मैले नाम पनि सुनेको छैन्, वाईडबडीका बिषयमा पहिलो पटक कुरा उठाउने म नै हुँ।’
सभापति देउवाले दाङमा उचित संरचना नहुँदा प्रदेश नं. ५ को अस्थायी राजधानी बुटवल तोकिएको समेत बताए। ‘दाङमा राम्रा भवन छैनन्’ उनले भने ‘मुख्यमन्त्री दाङकै हुनुहुन्छ, यो बिषयमा उहाँलाई नै सोध्नुस्।’