डेंगु रोगको महामारीका विषयमा तत्काल जानकारी गराउन प्रतिनिधिसभाले बिहीबार सरकारलाई रुलिङ गरेको छ ।
प्रतिनिधिसभा बैठकमा बिहीबार सभामुख कृष्णबहादुर महराले डेंगु रोगका विषयमा संसदमा पटक-पटक आवाज उठेको भन्दै यस विषयमा संसदलाई जानकारी गराउन स्वास्थ्मन्त्री र सरकारलाई निर्देशन दिएका हुन् ।
‘यस सम्बन्धमा सरकार र स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण गराउँछु,' सभामुख महराले भने, 'सदनलाई यथाशीघ्र जानकारी गराउन निर्देशन दिन्छु ।’
केही दिनदेखि सांसदहरुले संसदमा निरन्तर रुपमा डेंगु रोगका विषयमा प्रश्न उठाइरहेका छन् ।