पूर्व राजदूत केशव झाको हत्या अभियाेगमा पक्राउ परेका सानुकान्छा तामाङ जेल चलान भएका छन् । उनी झाकै घरका कामदार हुन् ।जिल्ला अदालत काठमाडौंले तामाङलाई पुर्पक्षका लागि बुधबार जेल चलानको आदेश दिएको हो ।
तलब नबढाएको विषयलाई लिएर तामाङले हत्या गरेको प्रहरी अनुसन्धानको निष्कर्ष थियो । घटनालगत्तै तीन साता थुनामा राखेर प्रहरीले अनुसन्धान गर्दा पनि पर्याप्त प्रमाण फेला नपारेपछि छाडिदिएको थियो ।
पछि प्रमाणका आधारमा प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।पर्याप्त प्रमाण संकलन गरेर मुद्दा चलाइएको महानगरीय प्रहरी परीसर काठमाडौं एसएसपी उत्तमराज सुवेदीले बताए । ४ भदौ २०७५ मा बबरमहलस्थित आफ्नै घरको सुत्ने कोठामा झाको हत्या भएको थियो ।