पूर्बमन्त्री एवं नेपाली कांग्रेसका नेता रोमी गौचन थकालीले बीपीको आदर्शलाई अनुशरण गर्दै अघि बढेमा नेपाली कांग्रेसलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने बताएका छन्।
बीपी कोइरालाको १०६औं जन्मजयन्तीका अबसरमा शुरु भएको कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रमका लागि काठमाडौं निर्बाचन क्षेत्र नं ४ मा खटिएका नेता थकालीले सो क्षेत्रको भण्डारखालमा आयोजित कार्यक्रममा एउटा चुनाब हार्दैका कांग्रेसजनहरु निराश हुनुु नपर्ने बताए। उनले कम्युनिष्ट सरकारले जनताका पक्षमा केही काम गर्न नसकेको कुरा हिजो भोट हाल्नेहरुले अनुभब गरिसकेको उल्लेख गर्दै अहिले तिनै मतदाता कम्युनिष्ट सरकारको बिपक्षमा बोल्न थालिसको बताए। उनले कम्युनिष्ट सरकार पानीको फोका जस्तै भएको बताए।
कम्युनिष्ट पार्टीले सत्तामा पुुग्नका लागि जनतालाई झुठा आश्वासन बाँडेको सन्दर्भ उल्लेख गर्दै उनले कहिल्यै पूरा नहुने त्यस्ता आश्वासनमा बिश्वास गरेर पछाडि नलाग्न सबैलाई आग्रह गरे।
कार्यक्रममा कांग्रेस क्षेत्र न ४ क का सभापति प्रेम क्षेत्रीले बीपीको समाजबादी दर्शनका बारेमा आगामी दिनमा यस क्षेत्रका जनतलाई प्रशिक्षण दिनका लागि पूर्बमन्त्री गौचनसंग आग्रह गरेका थिए। गौचनले यसका लागि आफू जहिले पनि तयार रहेको बताए।