नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले संस्थापक नेता बीपी कोइरालाको मर्म बुझ्न नसकेको बताएका छन् ।
तनहुँको दमौलीमा राष्ट्रिय जागरण अभियानका क्रममा उनले पार्टीका कार्यकर्ताले पनि बीपीको मर्मलाई आत्मसाथ गर्न नसकेको बताए । ‘बीपी जयन्तीमा देशैभर कार्यक्रम भयो, तर कांग्रेस कार्यकर्ताले बीपीको आदर्शलाई बुझेका छन् कि छैनन्, यो मुख्य प्रश्न हो,’ पौडेलले भने, ‘बीपीको सिद्धान्त र आदर्शलाई बुझेर अगाडि बढ्नुपर्छ, यो अहिलेको आवश्यक पनि हो ।’
बीपीले सबै जनताका लागि राजनीति गर्न चाहे पनि अहिलेको राजनीति त्यस्तो नरहेको उनको दाबी थियो ।