प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्।
मुटुको परीक्षण गर्नका लागि शिक्षण अस्पताल परिसरमा रहेका मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका हुन्। सिंगापुरबाट उपचार गरेर शुक्रबार मात्रै फर्किएका ओली त्यसकै ‘फ्लोअप’का लागि अस्पताल गएको जनाइएको छ।
प्रधानमन्त्री ओली सिंगापुरबाट मिर्गौलाको उपचार गरेर फर्किएका थिए। उनको मिर्गौला १० वर्ष अघि प्रत्यारोपण गरिएको थियो।
चार चरणमा एन्टी बडी निकालेर फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा कुनै पनि प्रतिक्रिया नदिए पनि उनकी निजी चिकित्सकले प्रधानमन्त्री स्वस्थ भएको बताइकी थिइन्।