नेपाली कांग्रेसले भदाै २४ गतेदेखि शुरु गर्ने दाेस्राे चरणकाे जागरण अभियानका लागि प्रतिनिधिहरुकाे टुंगाे लगाएकाे छ।
बीपी काेइरालाकाे १०६ औं जन्मजयन्तीकाे अबसर पारेर शुरु गर्ने अभियान असाेज ७ गतेसम्म चल्ने छ। कांग्रेसले दाेस्राे चरणकाे अभियानमा प्रदेश नम्बर १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा खटिने प्रतिनिधकाे नामावली सार्वजनिक गरेकाे हाे।
१५ दिनसम्म सञ्चालन गरिने जागरण अभियानको १५ उद्देश्य रहेको र एकै दिन ३४ हजार ९ सय ८० बिरुवा रोपिने जानकारी पनि कांग्रेसले दिएको छ।
जागरण अभियानको अन्तिम दिन कांग्रेसले ७७ जिल्लाका सदरमुकाममा सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ। बढ्दो महंगी,भ्रष्टाचार, महिला हिंसा, बलात्कार, अलोकतान्त्रिक विधेयक र कम्युनिष्ट सरकारको कुशासनका विरुद्ध पाँच मुद्दामा केन्द्रीत रहेर सरकारको विरोध गरिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
यसैगरी जागरण अभियानमार्फत पार्टीमा नयाँ सदस्यता व्यापक वितरण गरी सदस्य संख्या बढाउने र आपत विपतका बेला पार्टीको स्वयंसेवक दल गठन गर्ने उद्देश्य पनि कांग्रेसले राखेको छ। साथै अभियानबाट सहिद परिवारको घरघरसम्म पार्टीलाई पुर्याएर उनीहरुको पीरमर्का सुन्ने र सुझाव लिने प्रवक्ता शर्माले बताए।