सिंगापुरमा दुईसाताको स्वास्थ्य परीक्षणपछि आज स्वेदश फर्किएका प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अबस्था सामान्य रहेकोले अब आफ्नो नियमित कामलाई प्रधानमन्त्रीले निरन्तरता दिने उनका निजी चिकित्सकले जनाएका छन्।
प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्या सिंह शाहले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएकी छन्। सरकार प्रमुखको स्वास्थ्य अबस्थाबारे आधिकारिक रुपमा जानकारी नगराइएको भनेर चौतर्फी आलोचना भइरहेका बेला निजी चिकित्सक शाहले विज्ञप्ति जारी गरी सो जानकारी गराएकी हुन्।
डा.शाहले विज्ञप्तिमा जनाएअनुसार शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’ लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रकृया एनयुएचमा पुरा भएको छ। विज्ञप्तिमा भनिएको छ, ‘अब उहाँले आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नुहुनेछ।’
शरीरमा देखिएको एन्टीबडीको मात्रालाई निराकरण गर्न प्रधानमन्त्री ओली गत भदौ ५ गते सिंगापुरको नेसनल यूनिभर्सिटी अस्पतालमा गएका थिए।