भ्रष्टाचार मुद्दामा अदालतद्वारा दोषी ठहर गरिएका तत्कालीन एमालेका पूर्व सांसद डोलबहादुर (डीबी) कार्की पक्राउ परेका छन्। ९ वर्षपहिले घूससहित पक्राउ परेका उनलाई सर्वोच्च अदालतले गत असारमा दोषी ठहर गरेको थियो। कार्कीलाई आज बिहान काठमाडौंको कलंकी क्षेत्रबाट सीआईबीको टोलीले पक्राउ गरेको हो। उनी नेकपामा वामदेव गौतमनिकट मानिन्छन्।
प्रहरी निरीक्षक बनाउँछु भन्दै घूस खाएर भागेको आरोप उनलाई लागेको थियो। उनी लमजुङबाट तत्कालीन एमालेका समानुपातिक सांसद बनेका थिए।
सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलाशले गत असार १७ गते विशेष अदालतको फैसलालाई सदर गरेको थियो।
प्रहरी निरीक्षकमा भर्ना गर्न भनेर लिएको घुस रकममध्ये १ लाख रुपैयाँ प्रहरीले स्वामीको घरबाट बरामद गरेको थियो । उनलाई सर्वोच्चले दोषी ठहर गरेपछि भागेका थिए ।