सत्तारूढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले आफू र पार्टी अध्यक्षबीच भएको मनमुटाव श्रीमान श्रीमतीबीचको घर झगडा जस्तै भएकाे बताएका छन् ।
काठमाडाैंमा आयोजित एक कार्यक्रमा नेता नेपालले मनमुटावका विषयलाइ सामान्य रूपमा लिन कार्यकर्तालाइ आग्रह समेत गरे ।
उनले भने,‘नेताहरुबीच भनाभन भयो भनेर चिन्ता र अत्तिनु पर्दैन,’राजनीतिमा भागेर नभई समस्यासँग जुध्दै र सामाना गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।’विषय वस्तुमाथिको बुझाइमा एकरुपता ल्याउन, एजेण्डा स्थापित गर्न पार्टीभित्र वादविवाद भइरहने उनकाे भनाइ थियाे ।