गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ शुक्रबार बेलायत प्रस्थान गरेका छन् । बेलायतको लन्डनमा भदौ ७ र ८ गते नेपाली मेला हुँदैछ ।
मेलामा मुख्यमन्त्री गुरुङ प्रमुख अतिथि हुनेछन् । बेलायतमा तमु धिं युकेको आयोजनामा हुने नेपाली मेलामा भाग लिनमुख्यमन्त्री गुरुङ जीवनसाथी कुमारीमुनी गुरुङसँगै शुक्रबार त्यसतर्फ प्रस्थान गरेको स्वकीय सचिव सूर्यप्रसाद गुरुङले जानकारी दिए ।
बेलायत बसाइको क्रममा मुख्यमन्त्री गुरुङले एनआरएन बेलायतसहित विभिन्न नेपाली समुदायको गर्ने कार्यक्रमहरुमा सहभागी हुने कार्यक्रम छ । बेलायत बसाइको क्रममा एनआरएन नेपालीहरुलाई प्रदेशमा लगानी लागि आग्रह गर्ने र नेपाल भ्रमण वर्षका लागि वातावरण बनाउन भ्रमण फलदायी हुने मुख्यमन्त्री गुरुङले बताए । मुख्यमन्त्री गुरुङ भदौ १४ गते स्वदेश फर्कने कार्यक्रम छ ।