नेपाल-भारत संयुक्त आयोगको बैठक सम्पन्न भएको छ।
दुई दिने बैठकमा आपसी सम्बन्ध, सुरक्षा र सीमा, कनेक्टिभिटी, आर्थिक विकास, ब्यापार तथा पारवहन, उर्जा र जलस्रोत तथा संस्कृति र शिक्षा लगायत द्वीपक्षीय हितका विभिन्न विषयमा निर्णय भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।नेपाल भारत वाणिज्य सन्धी, पारवहन र रेलवे सम्झौताको पुनरावलोकन गर्न भारत सहमत भएको छ ।
दुई देशको सीमालाई मर्मत सम्भार र दशगजा क्षेत्र खाली गराउन पनि बैठक सहमत भएको जानकारी दिदै मन्त्री ज्ञवालीले सुस्ता र कालापानीको नक्शांकन कार्य अघि बढाउन परराष्ट्र सचिवस्तरको संयन्त्रलाई निर्देशित गरेको बताए ।संयुक्त बैठकका निर्णयहरुबारे मन्त्री ज्ञवालीले प्रतिनिधिसभालाई जानकारी गराएका थिए । भारतले भूकम्पले पुरयाएकाे भाैतिक संरचनाहरूकाे पुन: निर्माणका लागि सहयाेगकाे घाेषणा समेत गरेकाे छ ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्री ज्ञवालीले र भारतीय टोलीको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गरेका थिए ।