नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन आएका भारतीय विदेशमन्त्री एस जयशंकरले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति कार्यालय शितल निवासमा भएको भेटमा दुईपक्षीय हित र पारस्परिक सम्बन्धका बारेमा छलफल भएको जनाइएको छ। भेटका अवसरमा भारतीय राजदूत मन्जिभसिंह पुरी पनि सहभागी थिए।
जयशंकरले हिजो आउनेबित्तिकै प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका थिए। उनी आजै स्वदेश फर्कने कार्यक्रम छ ।