नेपाल-भारत संयुक्त वैठकमा सहभागी हुन आएका भारतीय विदेशमन्त्री एस। जयशंकरले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दैछन्।
जयशंकरले बिहान १० बजे राष्ट्रपतिलाई भेट्न लागेका हुन्। त्यसअघि जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको छ।
बुधबार काठमाडौं आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेर उनी नेपाल(भारत संयुक्त आयोगको बैठकमा सहभागी भएका थिए।
नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्री भएपछि पहिलोपटक नेपाल आएका जयशंकर आजै दिउँसो ३ बजे नयाँदिल्ली फर्किने कार्यक्रम छ।