नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आइपुगेका भारतीय विदेशमन्त्री सुब्रमन्यम् जयशंकरले आजै प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमा भेटवार्ता गरेका छन् । भेटमा नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी पनि सहभागी थिए ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको द्विपक्षीय भेटवार्तापछि जयशंकर जयशंकर दरबारमार्गमा रहेको याक एन्ड यतिमा आयोजना हुने औपचारिक कार्यक्रममा सहभागी भएका छन् ।
नेपाल र भारतका परराष्ट्रमन्त्रीले अध्यक्षता गर्ने बैठकमा नेपाल-भारतबीचका विभिन्न विषयमा छलफल हुनेछ । बैठक भोलिसम्म चल्नेछ । भारतीय विदेशमन्त्री जयशंकरले बिहीबार (भोलि) राष्ट्रपति विद्या भण्डारीसँग पनि भेट्ने कार्यक्रम छ ।