सत्य निरूपण तथा मेलमिलाप आयोग नेपालको अध्यक्षमा रमण श्रेष्ठको नाम सिफारिस हुने निश्चित देखिएको छ । स्रोतका अनुसार उनको नाममा नेकपा अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार सहमति जनाएका छन् । श्रेष्ठ पूर्व महान्यायाधिवक्ता पनि हुन् ।
सरकारले आयोग अध्यक्ष सिफरिसका लागि गत चैत १२ मा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । सिफारिस समितिको बैठक आजै (बुधबार) साँझ ५ बजे बस्दै छ । 'यही बैठकले रमण श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्छ,' स्रोतले भन्यो ।