नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव शंकरदास वैरागीले स्वागत गरे।
उनलाई स्वागत गर्न नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरी पनि विमानस्थल पुगेका थिए। विदेशमन्त्री भएपछि यो उनको पहिलो नेपाल भ्रमण हो। यसअघि उनी विदेश सचिव रहँदा नेपाल आएका थिए।
२०७२ असोज ३ गते संविधान जारी हुनुभन्दा केही दिन अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई आफ्नो विशेष दूत बनाए नेपाल पठाएका थिए। विशेष दूतका रुपमा नेपाल आउँदा उनले गरेको व्यवहारको व्यापक आलोचना भएको थियो।
उनले संयुक्त आयोगको बैठकमा सहभागी हुनुका अलावा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली शर्मासँग शिष्टाचार भेट गर्नेछन्।