नेकपा अध्यक्ष पुष्पकमल दाहालले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न समस्या समाधानका लागि भारतसँग दह्रो किसिमले संवाद आवश्यक रहेको बताएका छन् ।
जिल्ला विपत् व्यवस्थापन समितिले मंगलबार आयोजना गरेको छलफलमा उनले बाँधकै कारण उत्पन्न समस्या समाधानका लागि दुवै देश मिलेर जनताको हितमा काम गर्नु आवश्यक रहेको बताए ।
बाँध निर्माणले बर्सेनि उत्पन्न समस्या समाधानका लागि दुवै देशले सहकार्य र समझदारी गर्नु अपरिहार्य भइसकेको उनको भनाइ छ । दाहालले भने, 'विपत् आएपछि मात्र उद्धार, राहत र तत्कालीन व्यवस्थाको चक्रव्यूहबाट पार पाउन विपतको चुरो पहिल्याई दीर्घकालीन समाधानको उपाय अवलम्बन गर्नु आवश्यक छ ।'