सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेताहरूकाे वरियातमा हेरफेर गरेकाे छ ।
आज (आइतबार) बसेको सचिवालयको बैठकले वरियता क्रममा हेरफेर गरेकाे हाे । जस अनुसार तेस्राे राेलक्रममा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल चाैथाेमा धकेलिएका छन् । उनकाे स्थानमा झलनाथ खनाललाइ ल्याइएकाे छ ।
पार्टी अध्यक्ष केपी आलीकाे विपक्षमा ओकालत गर्दै आएका नेपाललाइ यस किसिमकाे निर्णय गरेर साइजमा ल्याउन खाेजिएकाे केही राजनीतिक विश्लेषकहरू अनुमान लगाउँछन् । नयाँ वरियता अनुसार पहिलाेमा ओली, दाेस्राेमा अर्का अध्यक्ष पुष्पकमल दाहाल,तेस्राेमा झलनाथ खनाल र चाैथाेमा माधव नेपाल भएका छन् ।
यसैबीच, बैठकले जनवर्गीय संगठनको इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाएको छ।आइतबार साँझ बसेको सचिवालय बैठकले २२ वटा जनवर्गीय संगठनको इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाएको हो।