समाजवादी पार्टीका सांसद डा सूर्यनारायण यादवले आफ्नाे राजीनामा फिर्ता लिएका छन्।
सिंहदरबारस्थित सङ्घीय संसद सचिवालयको कार्यालयमा पुगेर यादवले राजीनामा फिर्ता लिएको पत्र सभामुख कृष्णबहादुर महरालाई समेत बुझाएका छन्।स्वास्थ्यको कारण देखाउँदै उनले गत साउन २८ गते सभामुख महरालाई राजीनामा बुझाएका थिए।
उनले भने,'जनताको अनुरोधलाई सम्मान गर्दै यसअघि बुझाएको राजीनामापत्र फिर्ता लिएको हुँ।’ राजीनामापत्र बुझाउनुअघि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा साे पार्टीको बैठकसमेत बसेको थियो।