संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ। विहान ११ बजेपछि संसद भवन नयाँ वानेश्वरमा बस्ने बैठकलाई प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रम र आफ्नो स्वास्थ्यबारे उव्जिएका चासोबारे सम्बोधन गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। प्रधानमन्त्रीले हरेक महिनाको पहिलो आइतबार र तेस्रो आइतबार सांसदहरुले यसअघि उठाएका प्रश्नहरुको जवाफ दिने कार्यतालिका तय गरिएको छ ।
तर तीन महिनादेखि यो तालिका कार्यान्वयनमा नभएकाले आज प्रधानमन्त्रीले राजनीतिक घटनाक्रमका बारेमा सदनमा सम्बोधन गर्न लागेको संयोजक अधिकारीले बताए ।