पूर्व मुख्यसचिव विमल कोइरालाले भ्रष्टाचार न्यूनिकरण विना दिगो विकासका लक्ष्य हासिल हुन नसक्ने बताएका छन् । साथै उनले राज्यसत्ताले कर्मचारीलाई राम्रोसँग परिचालन गर्न नसकेको बताए।
धुलिखेलमा आयाेजित दिगो विकास लक्ष्यका प्राथमिकताका विषयमाथिको छलफलमाउनले भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक नेतृत्वको मुहान नै सफा हुनुपर्नेमा जाेडदिए ।कोइरालाले भने, ‘टाउकोबाट नै नुहाउनु पर्छ, खुट्टा मात्रै पखालेर हुँदैन ।’
पूर्व मुख्यसचिव काेइरालाले कर्मचारी प्रशासनमा राजनीति हावी हुने गरेकाले उनीहरूले क्षमता अनुसारकाे काम गर्न नसकेकाे समेत उल्लेख गरे । कर्मचारीलाई छाडा बनाउने काम पनि राजनीतिक दलहरूले नै गरेको उनकाे भनाइ थियाे।
कर्मचारीलाई सही ढंगले परिचालन गर्न सके नतिजा पनि राम्रो आउने उल्लेख गर्दै उनले त्यसका लागि राजनीतिक इच्छाशक्ति हुनुपर्नेमा जोड दिए ।