त्यसअन्तर्गत उनले सुरुमा विकास निर्माण गर्ने प्राधिकरण बनाएर त्यसको काम गर्ने जिम्मा दिन पार्टीभित्र प्रस्ताव गरे। उनको यो प्रस्तावलाई शीर्ष नेताहरुले चासो दिएनन्।
त्यसपछि उनलाई संसद्मा ल्याउने योजनाअनुसार केही निर्वाचन क्षेत्र खाली गर्ने प्रयास भयो। हुम्लादेखि काठमाडौं ७ को निर्वाचन क्षेत्रसमेत खाली गर्ने प्रयास गरियो। तर बामदेवका लागि सिट खाली गर्न खोजेको भन्नेबित्तिकै त्यसले ठूलै हंगामा भयो। पार्टीभित्र र बाहिरसमेत विरोध भयो। त्यसपछि गौतम उपचुनावमार्फत संसद्मा आउने योजनाबाट पछि हटे। कान्तिपुरमा खबर छ।