सत्तारुढ दल नेकपाकाे सचिवालय बैठक दिउँसाे बस्ने भएकाे छ। विहीबारका लागि बाेलाइएकाे बैठक प्रधानमन्त्री केपी ओली विरामी भएपछि स्थगित भएकाे थियाे। प्रधानमन्त्रीकाे आज स्वास्थ्य अवस्था सामान्य रहेकाले दिउँसाे सचिवालयकाे वैठक बाेलाइएकाे प्रेस संयाेजक चेतन अधिकारीले जानकारी दिए।
अधिकारीले प्रधानमन्त्री बाहिर हल्ला चलेजस्तो बिरामी नभएको पनि बताएका छन्।
सचिवालय बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ। पार्टीका विभाग र जिम्मेवारीबारे निर्णय गर्न सचिवालयको बैठक बोलाइए पनि विभिन्न कारण बैठक सर्दै आएको छ।