नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले नेपालको कमजोर कुटनीति जारी रहे सकेको दिन भारतले नेपाललाई सिक्किम बनाउने तथ्यपूर्ण यथार्थतालाई उजागर गरेका छन् ।
नेपालको सिमा अतिक्रमण र असमान सन्धि सम्झौता लगायतका बारेमा प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय समितिको बुधबार बसेको बैठकमा छलफल भइरहदा सांसद गिरीले भारतले आफ्नो क्षमताले भ्याउने हो भने नेपाललाई सिक्किम र भुटान झै बनाइदिने अभिव्यक्ति दिएका हुन।
भारत सिमानामा काँडेतार लगाउने र सुरुङ युद्ध गर्ने उद्घोष गर्ने माओबादीका ति नै नेताहरु नै अहिले सत्तामा रहेको र भारतका गतिविधिमा नसुने र नदेखे झै गरेर बसेकाे उनले बताए।
उनले तथ्यपूर्ण यथार्थतालाई समयमै आत्मसाथ गरि पहलकदमी गर्न सरकारलाइ आग्रह समेत गरे।कुटनीति भनेको चुनाव लड्दा गर्ने भाषण होइन। सबै भन्दा ठूलो विफलता कुटनीतिक विफलता हो,उनकाे भनाइ थियाे ।
नेकपाका सांसद भीम रावलले नेपालको ठुलो भूभाग भारतको अतिक्रमणमा परेको भन्दै समयमै कुटनीतिक पहल गर्न परराष्ट्र र गृहमन्त्रालयको ध्यानाकर्षण गराए।