कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गरी गृहजिल्ला कालिकोटमा बम विष्फोट गराइएको छ।
कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटनका लागि गएका बेला मुख्यमन्त्री शाहीलाई लक्षित गरी बम विष्फोट गराएको हो। बम बिस्फोट कार्यक्रम स्थल नजिकै भएको थियो। बम बिस्फोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहको संलग्नता रहेको बताइएको छ।
कार्यक्रमका लागि मुख्यमन्त्री शाही बुधबार वीरेन्द्रनगरबाट कालिकोट गएका थिए।
बम बिस्फोट भएको ठाउँको अनुगमन भइरहेको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले जनाएका छन्।