राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभाका समाचार ओझेलमा परेको भन्दै सञ्चारकर्मीमाथि गुनासो गरेका छन् ।
नेपाल पत्रकार महासंघले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा उनले राष्ट्रियसभा र यसका समितिहरुले गरेका गतिविधिलाई सञ्चारमाध्यमले प्राथमिकतामा नपाएको बताए । प्रतिनिधिसभा र उसका समिति बैठकका विषयलाई सञ्चारमाध्यमले प्राथमिकता दिने गरेको तर राष्ट्रियसभाका समाचारलाई बेवास्ता गरेको अध्यक्ष तिमिल्सिनाले आरोपसमेत लगाए ।
पत्रकारितामा अनेकौँ विकृति रहेकाले त्यसलाई हटाउन नियम, कानुनलगायत कुरामा जोड दिनपर्नेमा उनको जोड थियो ।