पटक–पटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज दिउँसो ३ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ।
हिजो मंगलबारका लागि तय भएको बैठक अन्तिम समय स्थगित भएको थियो। साउन १३ गतेको बैठकमास्कुल बिभागको नेतृत्व बिवाद चुलिएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली सिंगापुरबाट उपचार गरेर फर्केपछि २७ साउनका लागि बैठक तय गरिएको थियो।
स्कुल बिभागका आकांक्षी धेरै भएपछि उनीहरुसंग महासचिव विष्णु पौडेलले परामर्श गरेका थिए।
स्कुल विभागमा उपप्रधानमन्त्री समेत रहेका ईश्वर पोखरेल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, बरिष्ठ नेता झलनाथ खनाल, नेताहरु घनश्याम भुसाल, बेदुराम भुसाल, युवराज ज्ञवाली, राम कार्की, देबेन्द्र पौडेल लगायतले दाबी गरिरहेका छन्।
अन्य विभागको टुंगो लागे पनि स्कूल विभागमा बिबाद भएपछि पार्टी एकता प्रकृया निष्कर्षमा पुग्न सकेको छैन। अहिलेसम्म प्रदेश कमिटी र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय संगठनको कमिटीले पनि पूर्णता पाएका छैनन्।
स्कुल बिभागको बिबाद चुलिएपछि एकाथरी नेताहरुले सचिवालयमा रहेका नेताहरु कुनै पनि बिभागमा बस्न नहुने धारणा अघि सारेका छन्।