प्रदेश २ को प्रदेशसभाले लोकसेवा विधेयक सर्वसम्मतले पारित गरेको छ ।
बुधवार बसेको प्रदेशसभाको बैठकले लोकसेवा आयोगको काम, कर्तव्य र अधिकार समबन्धमा बनेको विधेयक सर्वसम्मतीले विधेयक पारित गरेकाे हो ।लोकसेवा आयोगको विधेयक पारित भएपछि प्रदेश सरकारले कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले विधेयक पारित भएपछि आफ्नै कर्मचारी भर्ना गरेर सरकार सञ्चालन सहज बनाउने बताए ।लोकसेवालाई मर्यादित बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने उनले प्रतिवद्धता समेत जनाए ।