पूर्वमन्त्री तप्त बहादुर विष्टलाई आईतबार जहाजमै हृदयघात भएको छ ।
बुद्ध एयरमार्फत नेपालगञ्जबाट काठमाडौं फर्कदै गरेका विष्टलाई जहाजमै हृदयघात भएपछि भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरी मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको छ ।
दिउँसो ३ बजेर १५ मिनेटमा नेपालगञ्ज विमानस्थलवाट उडेको विमान ३ बजेर ४४ मिनेटमा भैरहवामा आकस्मिक अवतरण गरिएको थियो ।
तत्काल भैरहवा मेडिकल कलेजको एम्बसलेन्स मार्फत अस्पताल पुुर्याइ उपचार शुरु गरिएको प्रदेश ५ का प्रहरी प्रवक्ता टिका कार्कीले जानकारी दिए ।विष्टको स्वास्थ्य अवस्था खतरा मुक्त रहेको चिकित्सकले बताएका छन् ।