नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको आज ४१औं स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्य साथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो ।
पुष्पलालले २००६ वैशाख १० गते नेकपाको स्थापना गरेका थिए । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलाल आफ्नो जीवनभर संगठन विस्तारमा लागे । उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशनसमेत गरेका थिए । पुष्पलाल राणाविरोधी आन्दोलनका अगुवा सहिद गंगालाल श्रेष्ठका माइला भाइसमेत हुन् ।
स्मृति दिवसका अवसरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले आज पुष्पलाल स्मृति पार्क चम्पादेवी कीर्तिपुरमा विशेष कार्यक्रमको आयोजना गरेको छ । उनै पुष्पलालको स्मृतिमा यी विभिन्न स्थानमा यस्ता कार्यक्रमको आयोजना गरिएका छन् । हेरौं केही तस्बिरहरु ।