नेकपा क्रान्तिकारीका महासचिव मोहन वैद्य ‘किरण’ ले राष्ट्रियता जगेर्नाका लागि आबश्यक परे हतियार उठाउन आफूहरु तयार रहेको बताएका छन्।
सोमवार जनकपुरमा आयोेजित पत्रकार सम्मेलनमा महासचिब वैद्यले जनआन्दोलन, मधेस आन्दोलन लगायत चरणबद्ध आन्दोलनमा उठेका मुद्दाहरुलाई नेकपा क्रान्तिकारीले नयाँ ढंगले अगाडि बढाउने जानकारी गराए।
‘त्यसका लागि आवश्यक परे हतियार उठउन पनि तयार छौँ’ उनले भने ‘तर अहिले ठयाक्कै त्यो स्थिति छैन।’
विप्लब समुहमाथि प्रतिबन्ध लगाएर सरकारले गलत काम गरेको बताएका वैद्यले संगसंगै विप्लबले आफ्नो सिद्धान्त स्पष्ट गर्नुपर्ने पनि बताए।
ओली सरकार यथास्थितीबादीको निरन्तरताको सरकार भएको भन्दै यसलाई कम्युनिष्ट पार्टीको सरकार भन्न नमिल्ने बताए। राज्यले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको रगतको मूल्य चुक्ता गर्नुपर्ने उल्लेख गरे।
विभिन्न चरणमा भएका आन्दोलनको मर्म र भाबना अनुसार संविधान नरहेको वैद्यले बताए। अहिलेको संबिधानले आन्दोलनमा अभिव्यक्त जनताको अपेक्षा अनुसार मधेसी, जनजाति, पिछडावर्गका समस्या समाधान गर्न नसकेको उनको भनाई थियो।