नेपाली कांग्रेसले गत स्थानीय, प्रदेश र संघीय संसदको चुनाबमा पार्टीका आधिकारिक उमेद्वारबिरुद्ध उमेद्वारी दिएका, तिनका प्रस्ताबक एवं समर्थक तथा अन्य पार्टीमा गई उमेद्वारी दिएका नेता तथा कार्यकर्तालाई कार्बाही गरेको छ।
केन्द्रीय अनुशासन समितिको असार ३ गते बसेको बैठकले पार्टी विधानको धारा ३४ को उपधारा ४ बमोजिम कारबाही गरिएको कांग्रेसले जनाएको छ। साथै, कारबाही गरिएकाहरुको नामावली जिल्लाको अभिलेखबाट हटाउन पनि समितिले निर्देशन दिएको छ। कारबाही गरिएकामा सबैभन्दा धेरै सोलखुम्बुका २० जना छन्। यसैगरी रौतहटका २ र दैलेखका एकजना रहेको समितिका संयोजक भीष्मराज आङ्दम्बेद्धारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
साथै, पार्टीका आधिकारिक उमेद्वारबिरुद्ध उमेद्वारी दिएका, तिनका प्रस्ताबक एवं समर्थक तथा अन्य पार्टीमा गई उमेद्वारी दिएकाहरुको नामावली केन्द्रीय समितिमा पठाउन बाँकी जिल्लालाई तत्काल पठाउन पनि अनुशासन समितिले निर्देशन दिएको छ।
यसअघि अनुशासन समितिले पहिलो पटक २३५ र दोस्रो पटक ४० जनालाई कार्बाही गरेको थियो।