भारत उत्तर प्रदेशको सोनभद्रमा मारिएकाहरुका परिवारलाई भेट्न गएकी कांग्रेस महासचिव प्रियंका गान्धीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सोनभ्रद जान नदिई मिर्जापुरमै रोकेपछि प्रियंका बनारसमा धर्नामा बसेकी थिइन् । त्यहीबाटै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीको यस कदमको कांग्रेस पूर्व अध्यक्ष राहुल गान्धीले ट्वीटरमार्फत् विरोध जनाएका छन्।
उनले लेखेका छन्,‘युपीको सोनभद्रमा प्रियंकालाई गैरकानुनी तरिकाले पक्राउ गर्नु विचलित गर्ने कार्य हो, उनलाई हत्या गरिएका १० आदिवासीका परिवारलाई भेट गर्न नदिनु सत्ताको दुरुपयोग हो, यसले बिजेपी सरकारले युपीमा कुन हिसाबले असुरक्षाको वातावरण बनाइरहेको छ।’