नेपाली कांग्रेसका सांसद एवं अर्बपति व्यापारी विनोद चौधरीले जताततै भ्रष्ट कर्मचारीको हालीमुहाली भएको बताएका छन्। उनले आज ट्वीट गर्दै यस्तो बताएका हुन्।
राजनीतिक दलले राम्रालाई भन्दा हाम्रालाई काखी च्याप्ने गलत परिपाटीका कारण जताततै कमजोर र भ्रष्ट कर्मचारीको हालीमुहाली भएको उनको भनाइ छ ।
उनले ट्वीटमा यस्तो भनेका छन् :
‘आज राष्ट्रको सबैभन्दा ठूलो र गम्भीर समस्या भनेको सरकार र कर्मचारीतन्त्रबीचको गलत सम्बन्ध हो । राजनीतिक दलले राम्रालाई भन्दा हाम्रालाई काखी च्याप्ने गलत परिपाटीका कारण जताततै कमजोर र भ्रष्ट कर्मचारीको हालिमुहाली छ । कामले भन्दा बढी दामले सेवा गर्न थालेपछि मुलुक कता जान्छ ?’