सरकारका मन्त्रीहरू र विभिन्न दलका नेताहरू यतिखेर धमाधम बाढी प्रभावित क्षेत्र पुग्न थालेका छन् । केहीदिन अघिकाे अबिरल वर्षाले तराइका क्षेत्रमा पुरयाएकाे क्षतिकाे अनुगनमका लागि भन्दै उनीहरू खालिहात हेलिकप्टरमा जान्छन मात्र आश्वासन बाँडेर फर्कन्छन् ।राहत पर्खेका जनतालाइ आश्वासन बाड्दै हिड्ने बाहेक कुनै सहयाेग नभएकाे पीडित स्थानीयवासी दुखेसाे पाेख्छन् ।
गृहमन्त्री राम बहादुर थापाले बाढीबाट भएको क्षतिको तथ्याङ्क संकलन गरी सरकार पुर्वाधार पुनः निर्माणतीर अगाडी बढ्ने बताएका छन् ।
बुधवार बाढी पीडित क्षेत्र अनुगमनको क्रममा जनकपुर पुगेका मन्त्री बादलले प्रदेश २ को अवस्थाबारे जानकारी लिदै नेपाली बाँधकै कारण तराई–मधेस डुबानमा परेको बताए । उनले बाढी प्रभावित क्षेत्रको हेलिकप्टर निरीक्षणपछि नेपाली बाँध ठिक ढंगले तटबन्ध नगरेकाले डुबान र बाढीको समस्या देखिएको बताए ।
‘दैवीप्रकोप व्यवस्थापनका लागि सरकारले छिट्टै प्राधिकरण गठन गर्न लागेको छ । हामीले प्राधिकरण गठनका लागि नियमावली समेत बनाइ सकेका छौँ,’ उनले भने । चुरे फडानी नरोकिए चुरे क्षेत्र मरुभूमीमा परिणत हुने खतरा रहेको बताउँदै उनले यसकालागि नीतिगत सुधार गनुपर्नेमा जोड दिए ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बाढीको स्थायी समाधान चुरे संरक्षण नै रहेको बताए । उनले चुरेलाई बचाउन र त्यसलाई छेडखानी गर्ने क्रम रोक्नुपर्ने सुझाव दिए ।
गृहमन्त्री थापासँगै हवाई निरीक्षणमा रहेका राष्ट्रिय जनता पार्टी(राजपा)का अध्यक्ष मण्डलका सदस्य अनिल झालेपनि भारतीय बाँध भन्दा नेपाली तटबन्धले नै बाढी र डुबानको समस्या बढाएको बताए । उनले २५ वर्षदेखि मर्मतसम्भार नगरिएका बाँधकै कारण मधेस डुबानमा परेको दाबी गरे । झाले प्रदेश सरकारले प्रत्येक जिल्लामा तत्काल राहत वितरणकालागि १०/१० लाख रुपैँया दिने गरेको निर्णयको विरोध गरे । ‘जिल्लागत रुपमा पैसा बाँड्ने गरेको निर्णय एकदमै गलत र गैरजिम्मेवार हो ,’ उनले भने ‘स्थानीय तहले पनि राहत वितरणमा राजनीति गरे । पीडित नभएपनि आफ्नो मान्छेलाई राहत बाँड्ने काम गरे ।’
बाढी प्रभावितको अवस्था बुझ्न तथा अनुगमनका लागि पूर्वप्रधानमन्त्री माधव नेपाल भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनलगायतको टोली तराईका जिल्ला निरिक्षण गरेका छन् ।
मन्त्रीको जम्बो टोली हेलिकप्टरबाट एक चक्कर लगाएर फर्कियो
बाढी प्रभावित जिल्लाको स्थलगत निरीक्षण गर्न गएको पूर्वप्रधानमन्त्री सहितको टोली पीडितलाई नभेटी राजधानी फर्किएको छ । उनीहरू बाढीपीडित बसेकाहरु नजिकै रहेको गौरको पुरेनवास्थित सेनाको गणमा स्थानीय प्रशासनसँग क्षति र बाढीको अवस्था बुझेर फर्किएका हुन् ।
पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, विकास समितिका सभापति कल्याणी खड्का, राजपा अध्यक्ष मण्डलकासदस्य अनिल झा, नेकपाका प्रदेश २ का संयोजक प्रभु साह लगायतको टोली बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि गएका थिए। उनीहरू हेलिकप्टरबाट ओर्लनासाथ सबै भन्दा पहिला सामूहिक तस्बिर खिचाउन थालिहाने। त्यसपछि सिधै सेनाको गणस्थित माथिल्लो तल्लामा गए।
त्यहाँ प्रमुख जिल्ला अधिकारी किरण थापाले टोलीलाई बाढी र डुबानबारे जानकारी गराए।टोली बाढीबाट डुबानमा परेका बन्जाराहा गाउँ जाने योजना थियो।तर सुरक्षा निकायले जोखिम हुने भएपछि गएनन्। त्यसपछिडुबान र बाढीबाट प्रभावित क्षेत्र निरीक्षण गर्न आएका मन्त्रीको जम्बो टोली पीडितको समस्या नसुनी हेलिकप्टरबाट एक चक्कर लगाएर फर्कियो।