नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि बाढी प्रभावित पुगेका छन् । भारी वर्षापछि आएको बाढी तथा डुबान क्षेत्र पुगरे मंगलवार निधिले धनुषाका विभिन्न क्षेत्र पुगेर स्थलगत अनुगमन गरेका हुन् ।
उनले सीमाक्षेत्र जटही, तुल्सियाही, कोल्हुवा, लोहनाका साथै पौडेश्वर पुगेर बाढीबाट भएको क्षतिबारे जानकारी लिएका थिए । सीमा नजिकै रहेको जलाइद नदीको पुल बाढीले भत्काउँदा आवतजावत गर्न सर्वसाधारणलाई समस्या भएको छ ।
भारी वर्षापछि सदरमुकाम जनकपुरभन्दा दक्षिणमा पर्ने अधिकांश क्षेत्र प्रभावित भएको छ । बाढी प्रभावित क्षेत्रमा निधिसँगै काँग्रेस प्रदेश २ संसदीय दलका नेता राम सरोज यादव, गणेश तिवारी, जिवनाथ चौधरी, कन्हैया कर्ण लगायतका नेताहरु पुगेका थिए ।