प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले विभिन्न २५ वटा निर्णय गरेको छ।मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा यही असार १९, २३ र २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २५ वटा निर्णय सार्वजनिक गरेको हो ।
सरकारको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्बाट विद्युतीय बस खरिद गर्न दिने सहितका निर्णय गरेको छ जानकारी दिए । उनले मन्त्रिपरिषद्बाट अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको जानकारी दिए । त्यसैगरि भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको मन्त्री बास्कोटाले बताए ।
सरकारले नेकपा विप्लव समूहको हिंसाबारे प्रमुख प्रतिपक्षको धारणा समेत माग गरेको छ । प्रमुख प्रतिपक्ष कांग्रेसले हिंसा गर्ने विप्लव समूह र हिंसा नगर भन्ने सरकारलाई एउटै नजरले हेर्ने हो भने समयमा नै स्पस्ट हुनुपर्ने मन्त्री बास्कोटाले बताए । उनले कुमार पौडेलको मृत्युका सन्दर्भमा संसदीय समिति बनाउन नसकिने जिकिर गरे।
कृषि बीउ विजनको किसिम,विभिन्न जातहरूको सूची नेपाल राजपत्रमा प्रकाशन गर्ने, सर्लाही घटनाका मृतक सरोजनारायण सिंहको परिवारलाई राहतस्वरूप १० लाख रूपैयाँ उपलब्ध गराउने लगायत विभिन्न परियोजनाहरु निर्माण सकाउने लगायतका निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए ।
ऐतिहासिक बागदरवारको संरक्षण सम्बन्धमासर्वोच्च अदालतको आदेशअनुसार उक्त दरवारको वास्तुकला, प्रविधि, वास्तुकृति र स्वरूपको मौलिकतालाई कायम राखी पुनर्निर्माण, पुनस्र्थापनाको विषयमा अध्ययन र विश्लेषण गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न पुरातत्व विभागका महानिर्देशकको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समूह गठन गर्ने, विभिन्न ११ स्थानीय तहको परियोजनाका लागि जग्गा प्राप्त गराइदिने लगायतका निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए ।