सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाली काँग्रेसले चन्द समूहलाई काखी च्यापेको आरोप लगाएका छन्।
काँग्रेसले सरकारमाथि प्रश्न उठाउने काम गरिरहेको भन्दै आफ्नो दृष्टिकोण स्पष्ट पार्न मन्त्री बाँस्कोटाले आग्रह समेत गरे।
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले साे आराेप लगाएका हुन् ।
काँग्रेसले मृत्यको व्यापार’ गरिरहेको आरोप लगाउँदै मन्त्री बाँस्काेटाले संविधान, कानुन र शान्तिकाविरुद्ध उसले चन्द समूहलाई किन काखी च्यापेको भनि प्रश्न गरे।
सशस्त्र द्वन्द्वकालमा माओवादीले कहिले दरबारका नाममा, कहिले कुन दलकाे नाममा खेल्ने गरेकाे स्मरण गर्दै उनले अहिले विप्लवसमूहले पनि त्यही प्रयोग गर्न खोजेको बताए ।