प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा हुने वेथिति सरकारले टुलुटुलु हेरेर नबस्ने बताएका छन् ।
त्रिभूवन विश्वविद्यालयको ६० औँ स्थापना दिवसका अवसरमा प्रधामन्त्री केपी शर्मामा ओलीले विश्वविद्यालयमा हुने कुनै पनि अनियमितता र वेथिती गर्ने जो सुकै भएपनि अनुहार नहेरीने बताए।
उनले विश्वविद्यालयमा अनियमितता हुन नहुने भन्दै केही घटना सार्वजनिक भएकाले दोषीलाई छुट नदिइने र सरकारले कारबाही गर्ने चेतावनी दिए । प्रधानमन्त्री ओलीले अनियमिततामा संलग्न भएकालाई अनुहार नहेरी कारवाहीको प्रक्रिया अगाडि बढाउन त्रिविलाई निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले देश निर्माणका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने प्राज्ञिक थलोका रुपमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा त्रिवि परिचित भएको बताए ।
कार्यक्रममा त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले त्रिविले आफ्ना उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धी, अनुसन्धानमुखी र उत्पादनमुखी बनाउन समयानुकुल पाठ्यक्रम निर्माण र परिमार्जन गर्दै आएको बताए । स्थापना दिवसकै अवसरमा उपकुलपति कार्यालयको नयाँ भवन समेत उद्घाटन गरिएको छ ।