नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले भारतबाट आयात हुने फलफूल र तरकारीको विषादी परिक्षणबाट पछि हटेर सरकारले असली राष्ट्रवाद देखाएको आरोप लगाएका छन् । उनले अत्याधिक विषादी हुने भारतिय र नेपाली समाग्रिको पनि परिक्षण गर्नु पर्ने बताए ।
भारतको दवावका कारण सरकारले जनताको स्वाथ्यमा खेलवाड गरेको टिप्पणी पनि गरे । शनिावार रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघको पांचौ साधारण सभा र संघद्धारा नवनिर्मित भवनको उदघाटन गर्दै उनले स्वास्थ्यलाई बेफाइदा गर्ने त्यस्ता विषादी भएका फलफुल र तरकारी प्रयोग गर्दा ख्याल गर्न आग्रह गरे । पूर्वमन्त्रीसमेत रहेका नेता खाँणले गुणस्तर मापन गरेर मात्र फलफुल र तरकारी आयत गर्न सरकारलाई आग्रह गरे ।
तिलोत्तमा नगरपालिका हरेक किसिमबाट सम्भावित नगरपालिकाल भएको उल्लेख गर्दै उनले तिलोत्तमामा अर्गा्निक तरकारी उत्पादन गर्न सकिने बताए । तिलोत्तमा नगरलाई आत्मनिर्भर नगरको रुपमा विकास गर्न सकिने र त्यसका लागि स्वदशेशी र विदेशी लगानी कर्तालाई भित्राउनस पर्नेमा उनको जोड छ ।
खांणले प्रदेश नम्बर पांच नेपालको मध्यभागमा रहेकाले विकासका लागि धेरै सम्भावना रहेको उल्लेख गर्दै सक्षम र आर्थिक रुपले बलियो प्रदेश बनाउन सकिने बताए । राजनीतिक परिवर्तनसंगै देश नयां संरचनाबाट अगाडी बढेको उल्लेख गर्दै धार्मिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, विभिन्न वर्ग समूदायको विविधतालाई संस्थागत गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले उद्योग व्यवासय सञ्चालनका लागि सहज वातावरणको आवश्यक पर्ने र वातावरण सिर्जना गर्ने दायित्व सरकारको भएको बताए ।
नेपाल उद्योगा वाणिज्य महासंघ प्रदेश नम्बर पांचका अध्यक्ष गुणनीधि तिवारीले राज्यले नीजि क्षेत्रका समस्यालाई चिन्न नसकेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांण, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमाल, तिलोत्तमा चेम्वर अफ कमर्शका अध्यक्ष जेपी कडेल, रुपन्देही उद्योग संघका अध्यक्ष गणेश प्रसाद अधिकारी, संघका सल्लाहकार ध्रव कुमार श्रेष्ठ, करहीया खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाका अध्यक्ष यम बहादुर पुनलगायतले बोल्दै बोल्दै देशको व्यापार घटेकाले आर्थिक अवस्था दयनीय भएको बताए । सोही अवसरमा संघको भवन निर्माणका लागि सहयोग गर्ने सहयोग दाताहरुलाई सम्मान गरिएको थियो ।