सिद्धार्थ नगर नगरपालीका भैरहवाको नगरसभा कांग्रेस र राप्रपाका प्रतिनीधिहरुले बहिस्कार गरेका छन् । पांचौ नगरसभामा मगंलवार न्यायीक समीतिको प्रतिवेदन माथि छलफल गर्ने क्रममा आफूहरुलाई प्रतिवेदन र बोल्न नदिईएको भन्दै प्रतिपक्षका २८ जना सभासदले सभा बहिस्कार गरेका हुन् ।
बहिस्कार पछि २८ जना जनप्रतिनीधीले सयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै प्रतिबेदन पारदर्शी रुपमा छलफल गर्नकालागी प्रतिबेदन उपलब्ध गराउनु पर्ने र अन्य सरोकारका बिषय समेत संसोधन गर्नु पर्ने माग गरेकान छन् । आफूहरुका मागलाई सम्वोधन नगरेसम्म नगरका कुनै पनि गतिविधिमा सहभागि नहुने र बिरोध जारी राख्ने उनीहरुले बताएका छन् ।
कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष दिपक श्रेष्ठले प्रतिपक्षको कुरै नसुन्ने,प्रतिवेदनहरु गुपचुप राखी सूचनाको मौलिक हकबाट समेत बञ्चित गराईएकाले सभा बहिस्कार गरिएको दाबी गरे ।
राप्रपाबाट निर्वाचीत बडा सदस्य नारायण उपाध्यायले सभामा नीति तथा कार्यक्रम पास गर्ने कुरा बहुमतको आधारमा भए पनि जनता र नगरका आवश्यकताका कुरा छुट हुन नहुने बताए । न्यायिक समिति अधिकार सम्पन्न भईसकेको अवस्थामा त्यही भित्र मेल मिलाप केन्द्र राखेर अनावश्यक आर्थिक भार थोपार्ने काम समेत उचित नभएको उनले बताए ।
वडा सदस्य सुवोध तुलाचनले गत बर्ष भैपरी आउने खर्च शिर्षकमा छुट्टयाईएको ७७ लाख ५० हजार रकमको खर्च विबरण समेत मेयरले उपलब्ध नगारएको र अहीले बढाएर १ करोड २५ लाख पुर्याईएको भन्दै आपत्ती जनाए ।
त्यस्तै सिद्धार्थनगर १ स्थित फरेनी बजार अगाडीको पार्कीङ समेत टेण्डर मार्फत नदीइ नगर प्रमुखले न्युन रकममा तोक आदेशमा दिदां नगरपालीकाको आयमा नोक्सानी भईरहेको समेत उनले बताए । नगर प्रमुख हरी अधीकारीले बहीस्कार गर्नु पर्ने खालकै समस्या नहुंदा नहुदै पनि नियतबस बहिस्कार भएको दाबी गरे । नीति तथा कार्यक्रमहरु सवै उपलब्ध गराईएको र न्यायिक समिति प्रतिबेदन कामको उपलब्धी भएकाले सवैलाई बाड्नु पर्ने जरुरी नठानेर नबाँडिएको बताए । ‘सहमति–असहमति सबै ठाउँमा हुन्छन् । तर आज त्यसरी बहिस्कार गरेरै हिड्नु पर्ने खालको कुनै बिषयनै थिएन,’ उनले भने