वीरगन्ज महानगरपालिका प्रमुख (मेयर) विजयकुमार सराबगीले आफ्नै पार्टीका नेतालाई कुटपिट गरेका छन् ।
सीसीटीभीको उद्घाटन गर्ने क्रममा बुधबार बिहान मेयर सरावगीले आफ्नै पार्टीका स्थानीय नेता अजय चौरसियामाथि कुटपिट गरेका हुन् ।
मेयरलाई सार्वजनिक कार्यक्रममै गाली गरेपछि कुटपिट गरेको प्रत्यक्षदर्शीको भनाइ छ । चौरसियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीक अनुसार घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।